पत्रकार महासंघ जापान शाखाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा घले | Federation of Nepali Journalists, Japan

पत्रकार महासंघ जापान शाखाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा घले

नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा मोहन घले निर्वाचित हुनुभएको छ । शाखाको सोमबार सम्पन्न तेस्रो अधिवेशनबाट घले २५ मत प्राप्तगरी निर्वाचित हुनुभएको हो । अध्यक्षका प्रत्यासी निर्वतमान उपाध्यक्ष बेलुकाजी थापाले १७ मत प्राप्त गर्नुभएको थियो । जापान शाखामा आबद्ध कुल ४६ पत्रकार मध्ये ४२ मत खसेको निर्वाचन समितिका संयोजक भुषण घिमिरेले जानकारी दिनुभयो । त्यसैगरी, निर्वाचनबाट उपाध्यक्षमा बिनोदकुमार सापकोटा र पुर्ण चलाउने निर्वाचित हुनुभएको छ । सचिवमा ऋतुकुमार दुरा, सह-सचिव कुमार मोक्तान, कोषाध्यक्ष राजबिन थापा र महिला सदस्यमा संगिता कुँवर निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । ६ जना सदस्यका लागि भएको निर्वाचनबाट मुक्ति सूबेदी, रमेश श्रीस मगर, निशान मगर, आनन्द कोईराला, शान्तकुमार पहरी र रबिन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित भएपश्चात घलेले सबै पत्रकारहरुको सुझाव लिएर शाखालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । अधिवेशनको नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष विष्टले पत्रकारको हकहितको रक्षागर्नु पत्रकार महासंघको प्रमुख एजेण्डा भएको बताउनुभयो । उहाँले बैदेशिक शाखाहरुले नेपाली समाजलाई योगदान गर्ने गरि कलम चलाउनुपर्ने बताउनुभयो । अधिवेशनको अवसरमा अध्यक्ष विष्टले प्रवासमा नेपाली पत्रकारिता बारे प्रशिक्षण पनि दिनुभएको थियो ।***

samiti

Post comment

Your email address will not be published. Required fields are marked *

© 2017 FNJ Japan. All rights reserved. Developed by GMT International.