अध्यक्षकाे सन्देश | Federation of Nepali Journalists, Japan

अध्यक्षकाे सन्देश

नेपाल पत्रकार महासंघ जापान शाखा कार्यसमितिका मित्रहरु सम्पूर्ण पत्रकार साथिहरु

नेपाल पत्रकार महासघं जापान शाखाको सम्पन्न तेश्रो अधिवेशनबाट युवा, समाबेशी सहितको नयॉ कार्यसमिति चयन गरेको छ । १० मार्च २०१७ मा भएको अधिवेशनले विगतको गम्भीर समीक्षा गर्दै हालसम्मको कार्यप्रगति तथा आर्थिक गतिबिधिका प्रतिबेदन पारित गरी अबका दिनहरुमा नयाँ ढंगले अगाडि बढ्ने म्याण्डेट दिएको छ । नेपाल पत्रकार महासंघलाई थप गति प्रदान गर्न नयाँ ढंगले अगाडि बढ्नुपर्ने निश्कर्षसहित फेरि एक पटक गोलबन्द भएर नागरिकका सूचनाको हक र प्रेस स्वतन्त्रताको पक्षमा अडिग भएर लाग्ने र जापानमा क्रियाशील पत्रकारहरुलाई एकताबद्ध गराउ पत्रकारहरुको हक हितको पक्षमा वकालत गर्ने र मिडिया एवं नेपाली पत्रकारितालाई कसरी जिम्मेवार बनाउन सकिन्छ भन्ने बिषयमा हरसंभवका पहलहरु गर्ने प्रतिबद्धता जाहेर गर्न चाहान्छौं । अति ब्यस्तताका बाबजुद पनि उपस्थित भई तेश्रो अधिवेशनमा गरिमामय बनाउन सहयोग पुर्‍याउनुभएकोमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्टज्यू, पत्रकार महासंघका केन्द्रीय सदस्य पवनवर्षा शाहज्यू, एनएरएन एजापानका अध्यक्ष सुदन थापाज्यू, जापान रहेका सम्पूर्ण राजनैतिक दलका भातृ संस्थाका अध्यक्षज्यूहरु विभिन्न संघ संस्थाका अध्यक्षज्यूहरु प्रति हार्दिक धन्यबाद ज्ञापन गर्न चाहान्छौं ।

मोहन घले
अध्यक्ष
नेपाल पत्रकार महासंघ जापान शाखा

© 2017 FNJ Japan. All rights reserved. Developed by GMT International.